कञ्चनपुरमा लागु औषधसहित पन्त पक्राउ

  आइतबार १३, फागुन २०८० ०७:३६

धनगढी । कञ्चनपुरमा ५१ थान लागुऔषध यम्पुलसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

शनिबार जिल्लाको वेदकोट नगरपालिका बस्ने ३१ वर्षीय विजयराज पन्तलाई प्रतिबन्धित लागुऔषध यम्पुलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुर र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय कञ्चनपुरको संयुक्त टोलीले पन्तलाई वेदकोट नगरपालिकाको घोर्सुवाबाट पक्राउ गरेको जनाएको छ ।

विषेश सूचनाका आधारमा पक्राउ गरिएका पन्तलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

clock आइतबार १३, फागुन २०८० ०७:३६

प्रतिक्रिया