पत्रकार भण्डारी यज्ञराज यात्री राष्ट्रिय प्रतिभा पुरस्कारद्वारा सम्मानित

  शनिबार १२, फागुन २०८० २०:२२

धनगढी । कैलाली जनपुस्तकालयले रेडियो नेपालका पत्रकार, नेपाल पत्रकार महासंघका नेता मुकुन्द भण्डारीलाई पुरस्कार हस्तान्तरण तथा सम्मान गरिएको छ ।

पत्रकारिता मार्फत सुदूरपश्चिम क्षेत्रको भाषा संस्कृतिमा विशेष योगदान पुर्याएको भन्दै पत्रकार भण्डारीलाई जनपुस्तकालयले यज्ञराज यात्री राष्ट्रिय प्रतिभा पुरस्कार हस्तान्तरण तथा सम्मान गरिएको हो ।

उनलाई जनपुस्तकालयले शनिबार सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा।टीएन जोशी र यज्ञराज यात्रीले पुरस्कार हस्तानतरण गरेको छ । पत्रकार भण्डारी विगत २४ वर्ष देखी रेडियो नेपालमा कार्यरत रहेका छन् ।

पत्रकारिता मार्फत डोटेली भाषा,संस्कृतिको संरक्षण सम्वद्र्धनमा योगदान दिएको भन्दै पुस्तकालयले भण्डारीलाई अभिनन्दन गरेको जन पुस्तकालयका अध्यक्ष समेत रहेका सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा।जोशीले बताए ।

पत्रकार भण्डारी रेडियो नेपालबाट प्रशारण हुने डोटेली भाषाका सस्थापक समाचार बाचक तथा कार्यक्रमका प्रस्तोता हुन् ।

clock शनिबार १२, फागुन २०८० २०:२२

प्रतिक्रिया