कैलालीमा भारतीय नम्बरको कारले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

  शनिबार १२, फागुन २०८० ०८:२०

धनगढी । कैलालीमा भारतीय नम्बरको कारले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ।

कैलालीको लम्कीचुहा नगरपालिका(२ मोतिपुर चोक स्थित राजमार्गमा टीएस ०८ जीबी ६५३७ भारतिय नम्बरको कारको ठक्करबाट साइकल यात्री लम्कीचुहा नगरपालिका-१ बस्ने ६० वर्षीय कुलचन्द्र जोशीको शुक्रवार राति मृत्यु भएको हो।

ठक्करबाट गम्भिर घाईते भएका उनको लालरत्न अस्पताल लम्की हुँदै टिकापुर अस्पताल टिकापुरमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियले जनाएको छ। उक्त कार र चालक लम्कीचुहा नगरपालिका(१० बस्ने ४२ वर्षीय भुवन जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उक्त कारले अन्य थप दुई जनालाई लम्कीचुहा नगरपालिका-६ मा ठक्कर दिएर घाइते बनाई भागेको थियो। घाईते हुनेमा ५० वर्षीय ठग्गु चौधरी र ५५ वर्षीय मनिराम चौधरी रहेका छन्। 

मनिरामको अवस्था गम्भिर रहेकाले उनको आईसियुमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ। यी दुबै घाईतेहरुको कोहलपुरमा उपचार भइरहेको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

clock शनिबार १२, फागुन २०८० ०८:२०

प्रतिक्रिया