बालविवाह रोक्न बैतडीका धामी सक्रिय हुँदै

  शनिबार १२, फागुन २०८० ०७:५६

बैतडी । बालविवाह तथा लैङ्गिक हिंसा रोक्न पाटन नगरपालिकाका धामी समूहलाई सक्रिय पारिने भएको छ । ग्रामीण भेगमा धामीझाँक्रीका कुरामा विश्वास गरिने भएकाले बालविवाह तथा लैङ्गिक हिंसा नियन्त्रण गर्न यस्तो उपाय अपनाइएको हो ।

सामाजिक विकास कार्यालय बैतडीको अगुवाइमा पाटन नगरपालिकामा गठन गरिएको प्रतिष्ठित धामी समूहले बालविवाह जस्ता प्रचलन नियन्त्रणका लागि धामीझाँक्रीसँग अन्तर्क्रिया गरिएको छ । सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शङ्करदत्त जोशीका अनुसार प्रतिष्ठित धामी समूहले जिल्लाका विभिन्न पालिकामा पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । 

बालविवाह र लैङ्गिक हिंसाका कारण पर्ने असरका विषयमा धार्मिक अगुवाले जानकारी दिनुपर्ने भएकाले आफूहरू सचेतना अभियानमा सहभागी भएको प्रतिष्ठित धामी समूहका सचिव हरिप्रसाद जोशीले बताउनुभयो ।  

उहाँले भन्नुभयो, “धर्ममा पनि बालविवाह र महिला हिंसा गर्नु हुँदैन भनेको छ । रूढिवादी परम्परा र अन्धविश्वासले समाजमा अहिले पनि बालविवाह र महिला हिंसा रोकिन सकेको छैन ।”

सामाजिक विकास कार्यालय बैतडी प्रमुख शङ्कर जोशीका अनुसार बैतडीमा ४२ प्रतिशत बालविवाह हुने गरेको छ । 

clock शनिबार १२, फागुन २०८० ०७:५६

प्रतिक्रिया