कैलालीको चुरेमा सडक खन्दा विस्फोटक पदार्थ विस्फोट, ४ जना घाइते

  बुधबार ०९, फागुन २०८० २१:०९

धनगढी । कैलालीको चुरेमा विस्फोटक पदार्थ विस्फोट हुँदा चार जना घाइते भएका छन् । दुई जना गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

बुधबार  चुरे गाउँपालिका-३ मा जेसिबीले भीमदत्त राजमार्ग अन्तर्गत सडक(बाटो मर्मत एवं चौडा गर्ने क्रममा विस्फोट भएको थियो ।

बीस्फोटक पदार्थ पड्किदा जेसिबी चालकसहित ४ जना घाइते भएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० पदमबहादुर बिष्टले जानकारी दिए ।

उनीहरू मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेमा कैलालीका ४५ वर्षीय वसन्त खडायत, सुर्खेतका २२ वर्षीय हिरा थापा रकञ्चनपुरका नवीन देव अवस्थी छन् ।
उक्त विस्फोटक पदार्थ सशस्त्र द्वन्दका बेला राखिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

clock बुधबार ०९, फागुन २०८० २१:०९

प्रतिक्रिया