कैलालीको टीकापुरमा करेन्ट लागेर एक जनाको मृत्यु

  बुधबार ०९, फागुन २०८० २१:०१

टीकापुर । कैलालीको टीकापुर नगरपालिका९१ स्थित होटल ग्रीन एसियामा कार्यरत ३५ वर्षीय शैलेशकुमार भुलको करेन्ट लागेर ज्यान गएको छ। बर्दियाको राजापुर नगरपालिका वडा नं २ भीम्मापुरका भूल विगत चार वर्षदेखि होटलमा कार्यरत रहेका थिए। 

विद्युतको पोलबाट भुइँमा खसेको तार हटाउने क्रममा उनलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। करेन्ट लागेर गम्भीर घाइते भएका भुलको उपचारका क्रममा टीकापुर अस्पतालमा ज्यान गएको हो। 

भुललाई बचाउने क्रममा टीकापुर उद्योग वाणिज्य सङ्घका सल्लाहकार संयोजक सुरेन्द्र किशोर गिरीसमेत सामान्य घाइते भएका छन्। भुलको शव टीकापुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ।

clock बुधबार ०९, फागुन २०८० २१:०१

प्रतिक्रिया