नक्कली टिकट ठेली प्रकरणमा पक्राउ परेका ४ जना जमानीमा छुटे

  बुधबार ०९, फागुन २०८० ०६:२५

अत्तरिया । अत्तरिया महोत्सवको नक्कली ठेली प्रकरणमा प्रहरी हिरासत भित्र रहेका ४ जना जमानीमा छुटेका छन् । सरकारी वकिलको कार्यालयले आवश्यक परे झिकाउने गरी फाइल जिल्ला प्रहरी कार्यालयमा फिर्ता पठाएपछि उनीहरुलाई जमानिमा छोडिएको हो ।

महोत्सव आयोजक अत्तरिया उद्योग बाणिज्य संघका महासचिव शंकर खड्का, सचीव दिलिप कुमार साउँद, कार्य समिति सदस्य बम बहादुर बोगटी र दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसका स्वबियु सभापति भुबन महरा प्रहरी हिरासतमा रहेका थिए । उनीहरुलाई २० दिन पछि छोडिएको हो ।

चारै जना विरुद्ध संघका अध्यक्ष कल्याण सिं बोहराले किटानी दिएका थिए । सोही मुद्धामा पक्राउ पुर्जी जारी भएका संघका वर्तमान अध्यक्ष कल्याण सिह बोहरा र निबर्तमान अध्यक्ष अशोकराज देबकोटा भने फरार रहेका छन ।

clock बुधबार ०९, फागुन २०८० ०६:२५

प्रतिक्रिया