त्रिनगर ट्राफिकलाई २ सय र गेटा ट्राफिकलाई सय नदिई छुट्दैनन् भारतिय मालवाहक गाडी

मालबाहक भारतिय गाडीबाट बिना कारण पैँसा अशुल्दै प्रहरी

  आइतबार ०५, चैत २०७९ १८:१५     विश्वास खबर

धनगढी । कैलालीको त्रिनगर नाका हुँदै नेपाल आउने भारतिय मालबाहक गाडीबाट ट्राफिक प्रहरीले पैँसा अशुल्ने गरेको पाइएको छ । राजश्वको जिम्मा भन्सार कार्यालयलाई भएपनि त्रिनगर नाकामा बस्ने ट्राफिक प्रहरीले गाडी इन्ट्री गरे वाफत प्रति गाडी २ सय रुपयाँ लिने गरेको पाइएको छ । भारतिय गाडी चालकहरुका अनुसार बिना रसिद पुलमा रहेका ट्राफिकले प्रति गाडी २ सय रुपयाँ लिने गरेको छ ।

कैलालीको त्रिनगर भन्सार नाकामा ट्राफिक प्रहरीले प्रत्येक मालबाहक गाडीबाट बिना कारण पैँसा अशुल्ने गरेको खुलेको छ । प्रत्येक मालबाहक सवारी साधनबाट २ सय रुपयाँ लिने गरेको सवारी चालकहरुले गुनासो गरेका छन् । त्रिनगर ट्राफिक प्रहरी पोस्टबाट खटिने हरेक ट्राफिक प्रहरीले मालबाहक गाडीबाट २ सय रुपयाँ लिने तर त्यसको कुनै रशिद नपाएको उनिहरु बताउँछन् । नेपाललाई राजश्व बुझाउनुपर्ने भन्दै ट्राफिक प्रहरीले इन्ट्री गरेवाफत २ सय रुपयाँ लिने गरेको चालकहरुले बताए ।

२० बर्षदेखी मालबाहक ट्रक चलाउँदै आएका भारतिय सवारी चालक सोव नाथले बिगतबाटै त्रिनगर ट्राफिकलाई २ सय रुपयाँ दिने गरेको बताए । हामी समान लिएर गन्तब्यमा पुगाइदिने हो उनले भने “हाम्रो साहुले उहाँहरुलाई २ सय रुपयाँ नदिदासम्म गाडी जान दिनुहुन्न्, यो सधैँ माल ल्याएर नेपाल आउँदा बुझाउनै पर्ने रकम हो ।”

भारतिय मालबाहक सवारी साधनबाट ट्राफिक प्रहरीले त्रिनगर नाकामा २ सय प्रति गाडी र गेटामा एक सय रुपयाँ प्रति गाडी लिने गरेको भारतिय चालकहरु बताउँछन् । त्रिनगर नाकामा मात्रै नभएर कैलाली जिल्लाका हरेक पोस्टहरुमा ट्राफिक प्हरीलाई पैँसा नतिर्दासम्म गाडी अगाडी बढ्न नदिइएको उनिहरुले गुनासो गरेका छन् ।

भारतिय गाडी चालक मुन्ना खानलेपनि हरेक दिन नेपाल प्रवेश गर्दा पुलमा बसेका ट्राफिकलाई पैँसा दिनैपर्ने नियम रहेको बताए । हामीले हरेक पटक २ सय रुपयाँ दिनैपर्छ उनले भने “भन्सारको पैँसा त नेपाल सरकारलाई शाहुले तिर्नैपर्ने हुन्छ तर हामीले गाडी इन्ट्री गरेवाफतको ट्राफिकलाई २ सय रुपयाँ दिनैपर्छ ।”

ट्राफिक प्रहरीले नाका देखी हरेक ठाउँमा रकम मात्रै अशुल्न थालेपछि भारतिय सवारी चालकहरु आजित बनेका छन् । माथीको आदेश भन्दै ट्राफिक प्रहरीले प्रत्येक गाडीबाट रकम अशुल्न थालेपछि उनिहरुले आवश्यक छानबिनको समेत माग गरेका छन् । सरकारलाई तिर्नुपर्ने राजश्व बाहेक रकम उठाउन थालिएपछि यसको रोकथाम हुनुपर्नेमा उनिहरुको जोड छ । सवारी चालक निर्मल सिहंले त्रिनगर नाकामा मात्रै नभएर कैलालीका हरेक ट्राफिक पोस्टमा पैँसा नदिदासम्म गाडी जान नपाएको बताए ।

हामीले त्रिनगर ट्राफिकलाई २ सय दिन्छौँ उनले भने “त्यसपछि हामीले गेटामा रहेको ट्राफिकलाई एक सय दिनैपर्छ र त्यसपछि चौमाला, पहलमानपुर लगायतका हरेक पोस्टमा अली अली दिनैपर्छ त्यसपछि मात्रै ट्राफिकले छोड्छ नत्र इन्ट्री गराउँदा अनेक बाहानामा हामीलाई रोकिरहन्छ, यो अशुल्ने काम बन्द हुनुपर्छ भन्ने हाम्रोपनि माग हो ।”

कैलालीको त्रिनगर नाका भएर प्रति दिन २५ देखी ३० वटा मालबाहक सवारी  साधन भित्रिने गरेका छन् । सो गाडीबाट नाकामा रहेका ट्राफिक प्रहरीदेखी गेटा ट्राफिक पोस्ट देखी हरेक पोस्टले रकम अशुल्ने गरेको सवारी चालकहरुको गुनासो छ । तर जिल्ला ट्राफिक प्रहरी कार्यालय रकम लिएको बिषयबारे अनबिज्ञ छ । ट्राफिक प्रहरी प्रमुख बिरेन्द्र जोहारीले ट्राफिक प्रहरीले नाकामा कुनै किसिमको रकम लिन नपाउने बताए । त्रिनगर नाका संगै अन्य ठाउँमा भारतिय गाडीबाट रकम लिएको बारे छानबिन गर्ने उनले बताएका छन् ।

clock आइतबार ०५, चैत २०७९ १८:१५     विश्वास खबर

प्रतिक्रिया