डोटीका ७१ वर्षीय ठक्करले गरे धुमधाम विवाह

  मङ्गलबार ०८, फागुन २०८० ०८:१०

धनगढी । डोटीको जोरायल गाउँपालिका-५ भाम गाउँका ७१ वर्षीय वृद्धले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका छन्।

स्थानीय ठक्कर बहादुर खडायतले ७१ वर्षको उमेरमा श्रीमतीको सिउँदो भरेका हुन्। उनले सुर्खेतकी ६३ वर्षीया कुमारी भाटको सिउँदो भरेका छन्। ३ छोरी र एक छोरा भएको उक्त दम्पत्ती लामोसमय प्रेम सम्बन्ध थियो।

उनीहरूबाट सन्तानसमेत भएपनि श्रीमतीको रूपमा घर भित्रिएकी भाटको खडायतले सिउँदो भने भरेका थिएनन्। तर, जोरायल ५ गड्सेरास्थित ज्यूनेबस्तास्थित वैयाल परिवारले सप्ताह महायज्ञको समारोहमा उक्त दम्पती वैवाहिक सूत्रमा बाँधिएको सप्ताह आयोजक समितिले जनाएको छ

विवाहमा बेहुलारबेहुलीका पनातिसमेत सहभागी थिए भने यसलाई वैवाहिक रुपमा नौलो अभ्यास मानिएको छ।

clock मङ्गलबार ०८, फागुन २०८० ०८:१०

प्रतिक्रिया