घोडाघोडीको जङ्गलमा धराप थाप्ने थप ३ जना पक्राउ

  सोमबार ०७, फागुन २०८० २०:३४

धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाको जङ्गलमा विद्युतीय धराप थाप्ने थप ३ जना सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोडाघोडी-४ बस्ने ४९ वर्षीय जितबहादुर चौधरी, वर्ष ३८ का सुधराम चौधरी र पालिकाको वडा नम्बर ५ बस्ने ४० वर्षीय राजकुमार चौधरी रहेका छन् ।

उनीहरूले जंंगली जनावरको सिकार गर्न गत माघ १० गते स्थानीय तुलसीपुर सामुदायिक वनमा थापेको धरापमा परि घोडाघोडी-१० का धनबहादुर शाहीको ज्यान गएको थियो भने मोहन्याल गाउँपालिका-३ का दुर्गा खत्री घाइते भएका थिए । घटनामा संलग्न घोडाघोडी-४ का मनीराम चौधरीलाई सुखड प्रहरीले यस अघि नै पक्राउ गरेको थियो ।

“हामी अझै पनि घटनाको अनुसन्धानमै छौ  । घटनामा संलग्न एक जनालाई माघ १७ मा पक्राउ गरि मुद्दा चलाएका छौ । आज फेरि ३ जना पक्राउ परे । अनुसन्धानले घटनामा संलग्न अरू कोहीलाई तान्यो भने पनि तुरुन्त पक्राउ गर्छौ ।” इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले भने ।

clock सोमबार ०७, फागुन २०८० २०:३४

प्रतिक्रिया