गोदावरीमा रोकिएको जग्गा नापीको काम आजबाट पुनः शुरु

  आइतबार ०६, फागुन २०८० ११:०८

अत्तरिया। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६, ७ र ८ मा जग्गा नापीको काम सुरु भएको छ । गोदावरी नगरपालिका – ६ मा पहिलो पटक सुरु गरिएको नापीको नगरप्रमुख विरेन्द्र भट्टले न्म्एक् बाट सुरुको पोईन्ट फिक्स गरी उद्घाटन गरेका छन ।

गोदावरीको वडा न. ६, ७ र ८ मा रोकिएको जग्गा नापीको काम आज (आईतबार) गोदावरी नगरपालिका – ६ को लालपुर बाट शुरु गरिएको हो । जग्गा नापीको उद्घाटन सत्रमा नगरप्रमुख भट्टले भने गाउँबस्तीमा आपसी मतभेद सँगै समस्या आउछन तेस्ता समस्या नआउने गरी जति सक्दो छिटो काम सकाउने गरी अगाढी बढाउन प्राबिधिक टिमलाई निर्देशन दिए ।

नगरपालिकाले वडा नम्बर ६ लालपुरबाट अव्यवस्थित बसोबासी, भूमिहिन दलित, भूमिहीन सुकुम्बासीको जग्गा नापजाँच गर्न सुरु गरेको हो । यस क्षेत्र सँगै वडा न ७ र ८ का श्रीपुर, जमुनानगर, मझगाँउ, जोनापुर, बढ्याहा , स्याउले लगायतका ठाउँहरुमा आज देखि नै जग्गाको नापजाच गर्ने काम सुरु भएको जानकारी अमिन रघुनाथ जोशीले बताए ।

जग्गा नाप जाँचकालागि ८ जनाको टोली खटिएको नापी शाखाका सर्वेक्षक विनोद पनेरुले बताएका छन् । सबै क्षेत्रमा यसै महिना भित्र सक्काउने लक्ष्यका साथ अगाढी बढेको जानकारी समेत बताएका छन । यसअघि वडा नम्बर ५ सम्म नापीको काम सकिएको नगरपालिकाले जनाएको छ । हाल क्युव इन्फो कम्पनीले जग्गा नापीको काम गर्ने जिम्मा पाएको हो ।

जग्गा नाप जाँच कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्ट, वडा १ का वडा अध्यक्ष गोपाल दत्त भट्ट, जग्गा नाप जाँच टोलीका संयोजक लोक बहादुर खड्का, प्राबिधिक टिम लगायत स्थानिय जनाको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रमको सभापतित्व वडा न। ६ का वडा अध्यक्ष जगुराम चौधरीले गरेका थिए भने कार्यक्रम संचालन अमिन दिपेन्द्र पन्तले गरेका हुन ।

clock आइतबार ०६, फागुन २०८० ११:०८

प्रतिक्रिया