कैलालीमा दुर्घटना हुँदा मोटरसाइकल चालक घाइते

  आइतबार ०६, फागुन २०८० ०७:३३

कैलाली । कैलालीमा दुर्घटना हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिकाको शंकरपुरमा गौरीगंगा-८ बडैयापुर बस्ने ३८ को गोपी नेपालीले चलाएको से६प९३ को मोटरसाइकल ना ५ख ९६४६ को  रोकिएको बसमा ठोक्किएको थियो।

त्यसपछि सडकमा पल्टिएको अवस्थामा उनलाई विपरीत दिशाबाट आइरहेको ना६ख७४४३ नम्बरको बसले किचेको हो।

कञ्चनपुरको भीमदत्त नगरपालिका(९ बस्ने ४३ को पुष्कर भट्टले चलाएको उक्त बसका कारण गोपी गम्भीर घाइते छन्। उनको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

clock आइतबार ०६, फागुन २०८० ०७:३३

प्रतिक्रिया