ओल्गापूरी भोकेशनल स्कूलको फर्निचर तालिम शुरू

  शनिबार ०५, फागुन २०८० ०९:३३

धनगढी । धनगढी उप-महानगरपालिका र नेपाल युथ फाउन्डेसन (एनवाईएफ) नेपाल द्वारा ओल्गापूरी भोकेशनल स्कूलको संयुक्त्त साझेदारीमा संचालित ५५० घण्टे वेल्डर  र ३९० घण्टे फर्निचर मेकर तालिम शुरू भएको छ ।

धनगढी १८, सामुदायिक भवनको तालिम केन्द्र रहेको सभाहलमा एक कार्यक्रमका विच धनगढी उप-महानगरपालिकाका नगर उप प्रमुख कन्दकला रानाले कार्यक्रमको उद्घघाटन प्रर्दशनीमा राखिएका मेसिन (कटर मेसिन) द्वारा काठ र फलाम काटेर कार्यक्रमको उद्घाटन गरे ।

कार्यक्रममा उपस्थित धनगढी उप-महानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, उप(प्रमुख कन्दकला राना, प्रमुख प्रशासकिय अधिकृत वडा नं १८ का वडा अध्यक्ष, वडा नं १४, १९  का वडा प्रतिनिधी नेपाल युथ फाउन्डेसन नेपालका प्रतिनिधी,स्थानीय समाजसेवी लगाएत नपाका शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नगरपालिकाले तालिमका कार्यक्रमलाई दिगो र निरन्तरता दिन सुदूरपश्चिम भरिका ८८ वटै स्थानीय तहका ईच्छुक व्यक्त्तीले तालिम लिन सक्ने बारे नगर प्रमुख हमालले जानकारी दिए ।

त्यसै गरी कार्यक्रमकै क्रममा नेपाल युथ फाउन्डेसनका प्रतिनिधी तथा मुख्य प्रशिक्षकले धनगढी उप(महानगर संग साझेदारीमा संचालित तालिमले यस क्षेत्रका युवाहरु लाई स्वरोजगार वनाउनमा अहम् भूमिका खेल्ने साथै आगामी दिनमा तालिम प्राप्त गरेका प्रशिक्षार्थीहरुको लेवल अप गर्नेमा पनि सहयोग पुग्ने बताए ।

त्यसै गरी वडा नं १८ का वडा अध्यक्षले कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गरे ।उक्त कार्यक्रममा वेल्डर तालिमका प्रशिक्षार्थी २१ जना फर्निचर मेकरका १९ जना गरी ४० जनाको उल्लेख्य  सहभागिता रहेको थियो । 

clock शनिबार ०५, फागुन २०८० ०९:३३

प्रतिक्रिया