धनगढीबाट लागूऔषधसहित गोदावरीका एक युवक पक्राउ

  शनिबार ०५, फागुन २०८० ०९:२८

धनगढी । कैलालीको धनगढीबाट लागूऔषधसहित गोदावरीका एक युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका -२ अमौरा त्रिनगरबाट २ ग्राम ५०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित कैलालीको गोदावरी नगरपालिका २ बस्ने २३ वर्षीय नरेश बोहरालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले लागूऔषधसहित उनलाई फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

clock शनिबार ०५, फागुन २०८० ०९:२८

प्रतिक्रिया