घोडाघोडीमा नविनको मोटरसाइकलमाथि अज्ञात समूहद्वारा तोडफोड

  शनिबार ०५, फागुन २०८० ०८:११

धनगढी । कैलालीको घोडाघोडीमा नविन चौधरीको मोटरसाइकलमाथि अज्ञात समूहले तोडफोड गरेका छन्।

घोडाघोडीमा नगरपालिका वडा नम्बर–१२ स्थित नक्फुरुवा गाँउमा विवाहमा आएका जोशीपुर गाउँपालिका–५ का नविन चौधरीको सुदूरपश्चिम प्रदेश ०१–१० प ९२८८ नम्बरको यामाहा मोटरसाइकलमा अज्ञात समूहद्वारा तोडफोड गरी कुलोमा फालिएको अवस्थामा रहेको घोडाघोडी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष रामदुलारे चौधरीले बताए।
 
राति प्रहरीलाई खबर गरेपनि आउन नसक्ने बताएपछि घटना स्थलमा वडाका जनप्रतिनिधी लगाएत आफु उपस्थीत भई घटनाको जानकारी लिएको अध्यक्ष चौधरीले बताए। आज बिहान प्रहरीसँग छलफल गरेर तोडफोड गर्ने व्यक्तिहरुको खोजी गर्ने उनले जानकारी दिए। 

clock शनिबार ०५, फागुन २०८० ०८:११

प्रतिक्रिया