बैतडीमा रुखले च्यापिएर प्रकाश पाण्डेयको मृत्यु

  शुक्रबार ०४, फागुन २०८० १८:१०

बैतडी । बैतडीको पाटन नगरपालिकामा रुखले च्यापिएर एक किशोरको मृत्यु भएको छ।

प्रहरीका अनुसार शुक्रवार पाटन नगरपालिका–५ अड्तोलाका १९ वर्षीय प्रकाश पाण्डेयको आफैले काट्दै गरेको सल्लाको रुखले च्यापिएर मृत्यु भएको हो।

घर नजिकैको जङ्गलमा सल्लाको रुख काटिरहेका पाण्डेय रुख ढल्दा च्यापिएर गम्भीर घाइते भएका थिए। 

उनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

clock शुक्रबार ०४, फागुन २०८० १८:१०

प्रतिक्रिया