कञ्चनपुरमा करणी गरेको आरोपमा एक वडा सदस्य पक्राउ

  शुक्रबार ०४, फागुन २०८० ०८:११

कञ्चनपुर। कञ्चनपुरमा जबरजस्ती करणी आरोपमा एक वडा सदस्य पक्राउ परेका छन्। कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–३ का वडा सदस्य ५९ वर्षीय पिल्चे चौधरी जबरजस्ती करणी आरोपमा पक्राउ परेका हुन्।

उनले फागुन १ गते राति एक महिलालाई आफ्नै घरमा बोलाएर जबरजस्ती करणी करणी गरेको उजुरी इलाका प्रहरी कार्यालय बेल्डाँडीमा परेपछि फागुन १ गते मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

उनीमाथि अदालतबाट पाँच दिनको म्याद भई उतै बेल्डाँडीमै अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले जानकारी दिए ।

clock शुक्रबार ०४, फागुन २०८० ०८:११

प्रतिक्रिया