कपिलवस्तु वस दुर्घटना अपडेट : दशै जनाको सनाखत

  बिहिबार ०३, फागुन २०८० ०९:४५

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ ।

मृत्यक मध्ये रौतहट औराही ३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी ,सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिगे नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगि र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भइसकेको छ । 

त्यस्तै भिमदत्त नगरपालिका १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी,भिमदत्त ४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी,भिमदत्त नगरपालिका १६ कन्चनपुर वर्षीय सन्जु थापा, पुनरवास नगरपालिका निवासी विसन भट्टको दुर्घटना स्थलमै मृत्यु भएको छ ।

त्यस्तै भिमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती,भिमदत्त नगरपालिका २ बस्ने  सुदिप भट्ट र पुनरवास नगरपालिका ९ बिसफाटा बस्नेविमला देवि भट्टको पहिचान खुलेको छ । 

राती १ बजे महेन्द्रनगर बाट काठमाडौ सुनौलो महाकाली  यातायात  दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ  । सुनौलो महाकाली यातायातले संचालन गरेको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो । 

दुर्घटनाबाट ३० जना घाइते भएको त्यसमध्ये ९ जनाको बुटवल रिफर गरिएको छ । अन्यको सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरी नायवउपरीक्षक हरि वलीले बताउनुभयो ।

clock बिहिबार ०३, फागुन २०८० ०९:४५

प्रतिक्रिया