कपिलवस्तु दुर्घटना अपडेट : यी हुन् ३० घाइते [नामावलीसहित]

  बिहिबार ०३, फागुन २०८० ०९:३८

कैलाली । कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुलनजिकै गए राति करिब १ बजे महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली  यातायातको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।  यस्तै दुर्घटनामा ३० जना घाइते भएका छन्।

मृतकमध्ये रौतहट औराही- ३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी, सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिँगे नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगी र भारत उत्तरप्रदेश मुरदावादका सकिल मुसलमानको सनाखत भइसकेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।

यस्तै प्रहरीले घाइते हुने ३० जनाको विवरण दिएको छ।

यी हुन् घाइते:

१. जि.ओखलढंगा घर भई रुध्वज गण महेन्द्रनगरमा कार्यरत हवल्दार लोक ब. कार्कीको टाउको र शरीरको विभिन्न भागमा चोट अवस्था सिरिया संजिवनी अस्पताल चन्द्रौटा कपिलवस्तुमा सामान्य उपचार पश्चात थप उपचारको लागि चौराहा अस्पताल वुटवल रिफर गरेको ।२. बस चालक जि. कन्चनपुर भिमदत्त न.पा. ४ वस्ने वर्ष ४० को पूर्णबहादुर चन्द वायाँ खुट्टामा चोट अवस्था मध्यम संजिवनि अस्पताल चन्द्रौटा कपिलवस्तुमा सामान्य उपचार पश्चात थप उपचारको लागि चौराहा अस्पताल वुटवल रिफर गरेको ।
३. जि. कञ्चनपुर बेलडाँडी नपा– १ वस्ने वर्ष २४ को महेश सुनार दाहिने खुट्टामा चोट अवस्था मध्यम संजिवनिमा उपचार पश्चात चौराहा अस्पताल वुटवल रिफर गरेको ।
४. जि. बाँके राप्ति सुनारी गापा.–२ वस्ने बर्ष २३ को शुशिल कुँवर दाहिने खुट्टामा चोट चौराहा अस्पताल वुटवल रिफर गरेको ।
५. जि. गुल्मी मालिका गा.पा. –७ बस्ने वर्ष २९ को अर्जुन कार्कि निधारमा चोट अवस्था सामान्य चौराहा अस्पताल वुटवल रिफर गरेको ।
६. जि. कन्चनपुर भिमदत्त न.पा.–१८ वस्ने वर्ष २८ को सन्तोष चौधरी अनुहार र छातिमा चोट अवस्था मध्यम चौराहा अस्पताल वुटवल रिफर गरेको ।
७. सहचालक जि. कन्चनपुर महेन्द्रनगर न.पा.– १८ वस्ने वर्ष ३५ को केशव हमाल टाउकोमा चोट अवस्था सामान्य, चौराहा अस्पताल वुटवल रिफर गरेको ।
८. जि.बैतडी मेलौली न.पा. –१ बस्ने बर्ष २२ को राजेश दयाल टाउँकोमा चोट अवस्था मध्यम, चौराहा अस्पताल वुटवल रिफर गरेको,
९. जि. कन्चनपुर भीमदत्त नगरपालिका – १ वस्ने बर्ष १८ को नितेश सुनार दुवै हातमा चोट अवस्था मध्यम , चौराहा अस्पताल वुटवल रिफर गरेको ।
१०. जि. गोरखा शहिद लखन गा.पा. –७ वस्ने वर्ष ३० को मनोज बि.क. वाहिरि चोट नदेखिएक अवस्था समान्य संजिवनि अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भइरहेको ।

११. जि. दार्चुला शैल्य शिखर न.पा.–३ दार्चुला वस्ने वर्ष २४ को नबिन भट्ट नेपाली ढाडमा चोट अवस्था सामान्य, ऐ. अस्पतालमा उपचार भई रहेको ।
१२. जि. कन्चनपुर भीमदत्त न.पा. १४ वस्ने वर्ष ३३ की गिता कुवर कम्मरमा चोट अवस्था सामान्य ऐ. अस्पतालमा उपचार भई रहेको ।
१३. निजको छोरा बर्ष १२ को नबिन कुँवर निधारमा चोट अवस्था सामान्य, ऐ. अस्पतालमा उपचार भई रहेको ।
१४. जि. ओखलढंगा झारपुर गा.पा. वडा नं नखुलेको वर्ष १९ को बिसन भुजेल निधारमा चोट अवस्था समान्य, ऐ. अस्पतालमा उपचार भई रहेको ।
१५. जि. कन्चन्पुर शुक्लाफाँटा न.पा. ११ वस्ने वर्ष ३१ को मोहन सिङ लोहार निधारमा चोट सामान्य, ऐ. अस्पतालमा उपचार भइरहेको ।
१६. काठमाडौं माहानगरपालिका– ३ वस्ने वर्ष ४१ को अनिल तन्डुकार निधार छाति वायाँ हातमा चोट अवस्था मध्यम आधारभुत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा कपिल वस्तुमा उपचार भईरहेको, ऐ. अस्पतालमा उपचार भई रहेको ।
१७. जि. कन्चनपुर भीमदत्त न.पा. १६ वस्ने वर्ष ५४ की नारायणी थापा ऐ. अस्पतालमा उपचार भई रहेको ।
१८. ऐ.ऐ. १८ बस्ने वर्ष २८ को दिपेन्द्र बोहोरा दहिने हात र निधारमा चोट अवस्था मध्यम ।
१९. जि. कैलाली लम्किचुहा न.पा.–१ वस्ने वर्ष २७ की रेखा आचार्य दाहिने खूट्टा र अनुहारमा चोट अवस्था मध्यम
२०. जि. कन्चनपुर भीमदत्त न.पा.–१८ वस्ने वर्ष ४१ की शान्ति सिङ अनुहारमा चोट अवस्था मध्यम ।
२१. जि. कैलाली वर्ष ३२ को गणेश काफ्ले दाहिने खुट्टामा चोट अवस्था मध्यम
२२. निजको श्रीमतती वर्ष २७ कि रेखा आचार्य शरिरको भित्री भागमा चोट अवस्था सामान्य ।
२३. निजको छोरी वर्ष ३ कि सृष्टि काफ्ले टाउँकोमा चोट अवस्था सामान्य ।
२४ देश भारत उत्तर प्रदेश मुद्राबास वस्ने बर्ष ३५ को मोहमद रिजन वायाँ खुट्टमा चोट अवस्था मध्यम आधारभुतमा उपचार भैरहेको ।
२५. ऐ.ऐ. वस्ने वर्ष ५४ को अनिस मनियार शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।
२६. जि. धादिङ सिप्ले गा.पा.–२ वस्ने वर्ष २५ को कृष्ण नेपाली अनुहार र छातिमा चोट अवस्था मध्यम
२७. जि. कन्चनपुर भीमदत्त न.पा. १९ बस्ने बर्ष २० को सुमन बिष्ट अनुहार र ढाडमा चोट अवस्था सिरियस
२८. जि. कन्चनपुर भीमदत्त न.पा. – १ बस्ने वर्ष २० को मनोज सिह धामी निधारमा चोट अवस्थ सामान्य ।
२९. ऐ.ऐ. बस्ने वर्ष २० को अशोक सिंह सामान्य ।
३० जि. कन्चनपुर भीमदत्त न.पा. ४ बस्ने वर्ष ३६ को ज्ञानेन्द्र पाल बाहिरी चोट नदेखिएको अवस्था सामान्य ।

clock बिहिबार ०३, फागुन २०८० ०९:३८

प्रतिक्रिया