कपिलवस्तु वस दुर्घटना १० जना मृतक मध्ये ६ जनाको सनाखत

  बिहिबार ०३, फागुन २०८० ०९:१५

धनगढी । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको मृत्युक ६ जनाको पहिचान खुलेको  छ । 

मृत्यक मध्ये रौतहट औराही ३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी ,सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिगे नेपाल सेनामा कार्यरत अर्जुन कुमार योगि र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भइसकेको छ ।

त्यस्तै भिमदत्त नगरपालिका १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी,भिमदत्त ४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी,भिमदत्त नगरपालिका १६ कन्चनपुर वर्षीय सन्जु थापाको दुर्घटना स्थलमै मृत्यु भएको छ । 

राती १ बजे महेन्द्रनगर बाट काठमाडौ सुनौलो महाकाली  यातायात  दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ  ।

सुनौलो महाकाली यातायातले संचालन गरेको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो । 

दुर्घटनाबाट ३० जना घाइते भएको त्यसमध्ये ९ जनाको बुटवल रिफर गरिएको छ । 

अन्यको सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरी नायवउपरीक्षक हरि वलीले बताउनुभयो ।

clock बिहिबार ०३, फागुन २०८० ०९:१५

प्रतिक्रिया