महेन्द्रनगरबाट काठमाडौं गइरहेको बस दुर्घटना, २ को मृत्यु, दर्जन बढि घाइते

  बिहिबार ०३, फागुन २०८० ०६:५७

कपिलवस्तु । कपिलवस्तुमा बस दुर्घटना हुँदा दुईजनाले ज्यान गुमाएका छन् भने दर्जनौं घाइते भएका छन् ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस राजमार्गबाट दुईसय मिटर तल खोलामा खसेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका(१ सुरही खोलामा बुधवार मध्यराति सुनौलो महाकाली यातायातले संचालन गरेको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस दुर्घटना भएको अधिकारीहरूले जनाएका छन्।

घटनास्थलमा प्रहरी पुगिसकेको र घाइतेहरूको उद्दार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।  प्रहरीका अनुसार घटनास्थलको थप विवरण आउँदैछ।

clock बिहिबार ०३, फागुन २०८० ०६:५७

प्रतिक्रिया