कैलाली बहुमुखी क्याम्पसको विद्यार्थी साहित्य प्रतिष्ठानले मनायो रजत जयन्ती

  बुधबार ०२, फागुन २०८० १७:३९

धनगढी। कैलाली बहुमुखी क्याम्पसको विद्यार्थी साहित्य प्रतिष्ठानले सरस्वती पूजाको अवसरमा रजत जयन्ती एवम् २५औँ वार्षिकोत्सव मनाइएको छ । विद्यार्थी साहित्य प्रतिष्ठानको आयोजनामा बुधवार कैलाली बहुमुखी क्याम्पसमा संस्कृति, साङितिक, साहित्यक र सम्मान समारोह ९स–उत्सव० को आयोजना गर्दै रजत जयन्ती मनाइएको हो ।

विद्यार्थी साहित्य प्रतिष्ठान कैलाली बहुमुखी क्याम्पसका अध्यक्ष सन्तोष पन्तको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा। टिएन जोशी रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपकुलपति जोशीले विद्यार्थी साहित्य प्रतिष्ठानले आफ्नो कला, साहित्य, भाषा लगायत संस्कृतिको संरक्षणमा अहम् भूमिका खेलेको बताए ।

यस्ता कार्यक्रमले विद्यार्थीहरुमा लुकेर रहेका प्रतिभाहरू लाई बाहिर ल्याउन समेत उजागर गर्न महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए । आफू पनि यस प्रतिष्ठानमा रहँदा कला, संस्कृतिको जर्गना गर्नका लागि विभिन्न कार्यक्रमहरू गर्ने गरेको उनले बताए । उनले प्रज्ञा प्रतिष्ठानले पनि कला, संस्कृति, रीतिरिवाज र भाषा संरक्षण गर्नका लागि विभिन्न कार्यक्रमहरू गर्दे आइरहेको दाबी समेत गरे । प्रज्ञा प्रतिष्ठानले पनि यस क्याम्पसमा सांस्कृतिक कार्यक्रम गर्न तयार रहेको उनको भनाइ छ ।

यस्तै कार्यक्रममा योगदान पुगाएका विभिन्न व्यक्तिहरू लाई सम्मान समेत गरिएको थियो । सम्मानीत हुनेहरूमा लिलानाथ प्रतिभा साहित्य पुरस्कारबाट निर्मल कुमार भण्डारी, पत्रकारिता मार्फत भाषा, संस्कृति कला र साहित्यमा योगदान दिए बापत पत्रकार गगन अयडी, नेपाली भाषा, संस्कृति कला र साहित्यमा योगदान दिए बापत तुलसी शर्मा र ठाकुरप्रसाद चौधरी छन् ।

यस्तै, विद्यार्थी साहित्य युवा प्रतिभा अभिनन्दनबाट तोयनाथ भट्ट, क्याम्पसका कार्यालय सहयोगी मानबहादुर कठायत र सुरक्षा गार्ड वीरबहादुर रोकायालाई सम्मान गरियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायनलगायत विभिन्न प्रस्तुतीहरु देखाएका थिए ।

clock बुधबार ०२, फागुन २०८० १७:३९

प्रतिक्रिया