पत्रकार पक्राउ प्रकरण : कमेन्ट गरेको आधारमा मझगाउँका पुस्कर भट्ट पक्राउ

  बुधबार ०२, फागुन २०८० १२:३३

महेन्द्रनगर । प्रहरीले विद्युतीय कारोबार सम्बन्धि अनुसन्धान गरि रहेको दुई पत्रकारको मुद्दामा भीमदत्त नगरपालिका १७ का पुस्कर भट्ट पक्राउ गरिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार पत्रकारद्वय पुस्कर भट्ट र ऐश्वर्या कुँबरलाई विद्युतीय कारोबार सम्बन्धि जाहेरीका आधारमा पक्राउ गरेको थियो ।

विद्युतीय कारोबार सम्बन्धि जाहेरीका आधारमा भीनपा १७ का भट्टलाई पक्राउ गरिएको हो । उनलाई स्टेटशमा गरेको कमेन्टका आधारमा पक्राउ गरेको बताइएको छ ।

कमेन्ट गरेको आरोपमा पक्राउ पर्नेमा भट्ट सहित तीन जना पुगेका छन् । यस अघि भीनपा १८ का करन बहादुर चन्द र भीनपा १६ का दशरथ धानुकलाई पक्राउ गरिएको थियो ।

फेसबुक पेज तथा मेसेन्जर लगायत सामाजिक सञ्जालमा व्यक्तिगत चरित्र हत्या गरेको भन्ने समेतको बिषयमा ७५९५०० ले दिएको पत्रकारद्वय भट्ट र कुँबर सहितका नाममा प्रहरी कार्यालयमा विद्यतीय कारोबार सम्बन्धि मुद्दामा जाहेरी दर्ता गराएकी छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सहायक प्रवक्ता प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले अनुसन्धानका क्रममा भीनपा १७ का भट्टलाई पक्राउ गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालयले आइतबार पत्रकारद्वय भट्ट र कुँबरमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिनको म्याद लिएको थियो ।

clock बुधबार ०२, फागुन २०८० १२:३३

प्रतिक्रिया