कैलालीको गोदावरीबाट भन्सार छलिको सामान र जिपसहित दुई जना पक्राउ

  बुधबार ०२, फागुन २०८० १२:३०

धनगढी । कैलालीको गोदावरीबाट सामान र जिपसहित दुई जना पक्राउ दुई जना पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–४ गोदावरीबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ३ लाख ८४ हजार मूल्यको चिनी, जीप १ थानसहित दार्चुलाको मार्मा गाउँपालिका–६ बस्ने ३० वर्षीय बसन्त कोट्टारी र कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने ४० वर्षीय ईश्वर धामीलाई मंगलवार दिउँसो प्रहरी गस्ती टोलीले पक्राउ गरेको हो। 

सामान र जिपसहित दुबै जनालाई आवश्यक कारबाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको जनाएको छ।

यस्तै धनगढी उपमहानगरपालिका १ त्रिबेणीघाटबाट भन्सार छली गरि ल्याएका १२ हजार मूल्यको प्याज, धनगढी उपमहानगरपालिका २ चौराह नजिकबाट ११ हजार २१० मूल्यको चिनी, प्याज, सरप, दाल, नरिवल लगायतका सामान बरामद गरिएको छ।

यस्तै धनगढी–२ वडा कार्यालय नजिकबाट ३८ हजार १४० मूल्यको गन्जी, टिसट, बच्चाको पाईन्ट, अण्डरवेयर लगायतका सामान र कैलारी गाउँपालिका(४ “के” गाँउबाट २५ हजार ८०० मूल्यको चक्लेट, चिजबल, दालमोठ लगायतका समान बरामद गरिएको छ। यी सबै सामान मंगलवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

clock बुधबार ०२, फागुन २०८० १२:३०

प्रतिक्रिया