कैलालीको घोडाघोडीमा १ सय ४९ कुकुरको बन्ध्याकरण

  मङ्गलबार ०१, फागुन २०८० २०:३५

सुखड । कैलालीको घोडाघोडी नगरपालिका १४९ कुकुरको बन्ध्याकरण गरिएको छ। नगरपालिकाको  पशु सेवा शाखाले निःशुल्क कुकुरको बन्ध्याकरण शिविर आयोजना गरेको हो। 

शाखाले तीन दिनसम्म वडा नम्बर २ साडेपानीमा आयोजना गरेको शिविरमा कुकुरको बन्ध्याकरण गरिएको छ। रेबिज रोग नियन्त्रणका लागी छाडा तथा सामुदायिक (भाले,पोथी) कुकुरहरूलाई बन्ध्याकरण गरिएको पशु सेवा शाखाले जनाएको छ। 

तीन दिनसम्म सञ्चालन भएको निःशुल्क कुकुर बन्ध्याकरण शिविरमा ८२ भाले र ६७ पोथी गरी १४९ कुकुरको बन्ध्याकरण गरिएको हो। साथै ती कुकुरलाई रेबिजविरुद्धको खोप पनि लगाइएको छ।

घोडाघोडी नगरपालिका वडा नम्बर १ देखि १२ वटै वडा सम्मका सामुदायिक सँगै घर पालुवा तथा छाडा कुकुरहरूलाई नियन्त्रणमा लिइएको थियो।

clock मङ्गलबार ०१, फागुन २०८० २०:३५

प्रतिक्रिया