कञ्चनपुरमा प्रहरीविरुद्ध कमेन्ट गर्नेलाई पनि मुद्दा, थप २ जना पक्राउ

  मङ्गलबार ०१, फागुन २०८० १५:३१

धनगढी । कञ्चनपुरमा विद्युतीय अपराधको आरोपमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको भीमदत्त नगरपालिक १८ का कर्णबहादुर चन्द र भीमदत्त नगरपालिका- १६ का दशरथ धानुकलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई सोमवार अनुसन्धानका लागि पक्राउ गरिएको कञ्चनपुर प्रहरीले बताएको छ। चन्द पूर्व प्रहरी हवल्दार हुन्। उनलाई कमेन्ट् गरेको आधारमा पक्राउ गरिएको बुझिएको छ।

कञ्चनपुर प्रहरीले शनिवार पत्रकार ऐश्वर्य कुँवर र पुष्कर भट्टलाई समेत पक्राउ गरेको थियो।

उनीहरूले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा प्रहरीका अपराधीक क्रियाकलापका बिरुद्ध समाचार तथा सामाजिक सञ्जालहरूमा विभिन्न आरोपहरू लगाएका थिए।

उनीहरूका विरुद्ध कञ्चनपुर प्रहरीले विद्युतीय अपराधमा मुद्‍दा दर्ता गरेको छ।

clock मङ्गलबार ०१, फागुन २०८० १५:३१

प्रतिक्रिया