सुदूरपश्चिमका सामाजिक विकास मन्त्री साउँदको पुत्ला दहन

  मङ्गलबार ०१, फागुन २०८० १५:२७

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँदको पुत्ला दहन गरिएको छ। कञ्चनपुरमा मङ्गवार विद्यार्थी संगठनहरूले सामाजिक विकास मन्त्री साउँदको पुत्ला जलाएका हुन्।

प्रदेशको सामाजिक विकास मन्त्रालय तथा मन्त्रीका कारण कञ्चनपुरका राहुल नेपालीले चिकित्सा शिक्षा अध्ययन गर्न नपाएको  भन्दै पुत्ला दहन गरिएको नेपाल विद्यार्थी स‌ंघका नेता  वासुदेव न्यौपानेले बताए। 

नेपाल चिकित्सा शिक्षा आयोगले कात्तिक १८ गते लिएको प्रवेश परिक्षामा राहुल नेपाली उदीर्ण भएका भएपनि सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका कारण भर्ना छुटेको आरोप उनीहरूको छ।

सुदूरपश्चिम सरकारले एमबीबीएस अध्ययनका लागि वितरण गर्दै आएको छात्रवृत्तिमा राहुको नाम समावेश भएपनि मन्त्रालयले बेवास्ता गरेको विद्यार्थी संगठनहरूले बताएका छन्।

प्रदेशको सामाजिक विकास मन्त्रालयको अन्योल पूर्ण पत्रका कारण भर्ना रोकिएको भन्दै मन्त्री साउँदको पुत्ला चलाउदै विद्यार्थी संगठनहरू आन्दोलित भएका छन्।

clock मङ्गलबार ०१, फागुन २०८० १५:२७

प्रतिक्रिया