सुदूरपश्चिमका २ कन्स्ट्रक्सन कालोसूचीमा राख्न सिफारिस

  मङ्गलबार ०१, फागुन २०८० १०:३०

धनगढी । सुदूरपश्चिमका २  कन्स्ट्रक्सन कालोसूचीमा राख्न सिफारिस गरिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले सुदूरपश्चिमका २ सहित ११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया थालेको हो।

ठेक्का लिएर समयमै काम नगर्ने र आपूर्ति नगरेपछि विभिन्न जिल्लाका स्थानीय तहहरूले सिफारिस गरेबमोजिम ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्न कार्यालयले प्रक्रिया थालेको हो। 

कालोसूचीमा राख्न सिफारिस भएका निर्माण कम्पनीहरुमा २ वटा सुदूरपश्चिमका रहेका छन्। कञ्चनपुरको प्रगती कन्स्ट्रक्सन र ए–वन खप्तड कन्स्ट्रक्सन एण्ड अर्डर सप्लायर्स बाजुरालाई कालोसूचीमा राख्न सिफारिस गरिएको हो।

clock मङ्गलबार ०१, फागुन २०८० १०:३०

प्रतिक्रिया