आज पहाडी भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना

  मङ्गलबार ०१, फागुन २०८० ०६:१७

धनगढी । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। 

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। देशको पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। 

देशको पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

clock मङ्गलबार ०१, फागुन २०८० ०६:१७

प्रतिक्रिया