मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि डिस्कभरिलाई

  सोमबार २९, माघ २०८० २०:५०

धनगढी । कैलालीको धनगढीमा सम्पन्न अन्तर विद्यालय जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि डिस्कभरि  बोर्डिङ  स्कुलले जितेको छ । 

धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडीमा रहेको कैलाली मोडेल माध्यमिक विद्यालयको आयोजना गरेको प्रतियोगिताको उपाधि जित्दै डिस्कभरि  बोर्डिङ  स्कुलले १० हजार पुरस्कार सहित प्रमाणपत्र हात पारेको छ ।

यस्तै प्रतियोगितामा मिलन इङ्लिस बोर्डिङ स्कुलले दोस्रो र पञ्चोदय माध्यमिक विद्यालयले तृतीय भएको छ । उनीहरूले क्रमशः ५ हजार र  ३ हजार नगद पुरस्कार सहित   प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगीतामा  १५ वटा  विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको कैलाली मोडेल माध्यमिक विद्यालय प्रधानाध्यापक तपेन्द्र बहादुर सिंहले जानकारी दीए ।

प्रधानाध्यापक सिंहले प्रतियोगीतामा विजयी हुने विद्यालयका बिध्यार्थीलाई शुभकामनाका साथै सहभागी विद्यालयलाई धन्यवाद व्यक्त गरे । 

 

clock सोमबार २९, माघ २०८० २०:५०

प्रतिक्रिया