कञ्चनपुरमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ट्याक्टरलाई कारबाही

  सोमबार २९, माघ २०८० २०:२८

कञ्चनपुर। कञ्चनपुरमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ट्याक्टरलाई कारबाही गरिएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले अवैध नदी उत्खनन्मा संलग्न ट्याक्टरलाई कारबाही गरेको हो।

नगरपालिकाको वडा नं. ८ बेलडाँडीबाट अवैध नदीजन्य सामाग्री सहितको भे १ त १७१३ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको हो।

इलाका प्रहरी झलारीको टोलीले ट्याक्टरलाई नियन्त्रणमा लिएर नगरपालिकालाई बुझाएको थियो। नगरपालिकाले सुदरपश्चिम प्रदेशको आर्थिक ऐन २०८० अनुसार १५ हजार जरिवाना गरेको छ।

सुदूरपश्चिम प्रदेश आर्थिक ऐन अनुसार नदीजन्य पदार्थको उत्खनन् तथा ओसारपसार गरेमा ट्याक्टरलाई १५ हजार,मिनी ट्रकलाई २० हजार,ट्रिप्पर वा ट्रकलाई ३० हजार र स्काभेटर वा व्याकलोडरलाई ५० हजार जरिवाना गर्ने व्यवस्था छ। नगरपालिकाले नदीजन्य पदार्थको उत्खनन् तथा ओसारपसारमा प्रतिबन्ध लगाइएको छ।

clock सोमबार २९, माघ २०८० २०:२८

प्रतिक्रिया