धनगढी – ३ को सहयोगमा दुई महिने आधारभूत ब्युटीसियन तालिम सम्पन्न

  आइतबार २८, माघ २०८० १३:५४

धनगढी । धनगढीमा बेरोजगार युवा युवतीका लागि दुई महिने आधारभूत ब्युटीसियन तालिम सम्पन्न भएको छ । व्यवसाय विकास तथा परामर्श केन्द्रको आयोजना र धनगढी उपमहानगरपालिका – ३ को सहयोग तालिम सम्पन्न भएको हो । 

धनगढीमा रहेका ४० जना बेरोजगार युवतिहरूलाई २ महिने आधारभूत ब्युटीसियन तालिम दिइएको हो । बिबिसी ट्रेनिङ सेन्टरका सञ्चालक झुम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनगढीका उपप्रमुख कन्दकला कुमारी राना प्रमुख अतिथि रहेकी थिइन् ।

कार्यक्रममा धनगढी वडा नम्बर ३ का अध्यक्ष राज बहादुर ऐर, वडा नम्बर २ का अध्यक्ष धर्मराज ओझा, वडा नम्बर ३ का सदस्यहरू मिना सिंह र मन्जु मगरातीको उपस्थिति रहेको थियो । 

तालीममा सहभागीहरूले धनगढीबाट पाएको बेसिक तालीमले स्वरोजगार बन्न सहयोगी पुग्ने बताएका छन् । उनीहरूले तालिमपछि स्वरोजगार बन्न पनि पालिकाले सहुलियत गर्नुपर्ने उनीहरूले माग गरेका छन् ।  

धनगढी ३ का अध्यक्ष राज बहादुर ऐरले नेपाल मै बसेर केही गरौँ भन्ने युवा युवतिलाई सहयोग पुगोस् भनेर तालीम आयोजना गरेको बताए । उनले तालीमपछि उद्यम गर्नेहरूलाई वडाबाट सक्दो सहयोग गर्ने बताए । 

धनगढीकी उपप्रमुख कन्दकला कुमारी रानाले धनगढी उपमहानगरपालिकाले स्वरोजगार र उद्यम बन्न विभिन्न खालका तालीमको आयोजना गरिरहेको बताइन । उनले सीप सिक्ने व्यवस्था उपमहानगरपालिकाले गरिरहेको भए पनि सिकेको सिप व्यवहारमा उतार्न आग्रह गरिन् । 

 

clock आइतबार २८, माघ २०८० १३:५४

प्रतिक्रिया