धनगढी जेसिजले यस वर्ष मायाको चिनोमा महाबिर पुनको पुस्तक दिने

  आइतबार २८, माघ २०८० ०९:४८

धनगढी । धनगढी जेसिजले वर्षभरी आयोजना गर्ने कार्यक्रममा महाबिर पुनद्धारा लिखित पुस्तक मायाको चिनो दिने भएको छ ।

बीरगंजको कृषि औजार कारखाना संचालनका लागि देश दौडाहमा रहेका पुनःको किताव धनगढी जेसिजले मायाको चिनो स्वरुप दिने भएको हो ।

धनगढी जेसिजका अध्यक्ष अरुण सिंहले जेसिजले आयोजना गर्ने कार्यक्रमका प्रमुख अतिथि, विशिष्ठ अतिथि तथा अतिथिहरुलाई मायाको चिनो स्वरुप पुनको किताव प्रदान गर्ने निर्णय भएको बताए ।

यसअघि धनगढी जेसिजले सुदूरपश्चिम प्रदेशका पर्यटकिय स्थल, संस्कृति झल्काउने तस्बिर लगायतका सामाग्री मायाको चिनो स्वरुप प्रदान गर्दै आएको थियो ।

उनले भने –‘उद्योग सञ्चालनका लागि रकम सहयोग स्वरुप मायाको चिनोमा उक्त पुस्तक प्रदान गर्ने निर्णय भएको हो ।’

clock आइतबार २८, माघ २०८० ०९:४८

प्रतिक्रिया