रोकीएन मोहनामा भइरहेको अवैध नदीजन्य उत्खनन, प्रशासनको मौन

  शनिबार २७, माघ २०८० ११:१५

धनगढी । कैलाली र कन्चनपुर जोड्ने मोहना पुल नजिकै भईरहेको अवैध नदीजन्य उत्खनन रोकीएको छैन । कैलाली कन्चनपुरका प्रमुख जिल्ला अधिकारीहरुले अनुगमन पछि रोक्न निर्देशन दीएपनि ठेकेदार कम्पनिले अटेरी गर्दै उत्खनन् जारी राखेको हो । 

बुधवार कञ्चनपुर र कैलालीका प्रमुख जिल्ला अधिकारी द्वय (सिडिओ) को टोलीले अवैध उत्खनन गरिरहेको स्थानमा अनुगमन गरी तत्काल काम रोक्न आदेश दिएका थिए।

प्रशासनले रोक्न निदेशन दीएको चार दीन बिति सक्दा पनि ठेकेदार कम्पनिले लगातार पुल र जनताको तटबन्ध निर्माण भईरहेको क्षेत्रबाटै नदिजन्य पदार्थ उत्खनन् रोकेको छैन । 

उत्खनन् नरोकीएपछि कैलाली कन्चनपुरका स्थानिय बाढी बस्तिमा पस्ने चिन्ताले त्रसित हुन थालेका छन् । 

कृष्णपुर नगरपालिकाको मापदण्डअनुसार उत्खनन गर्न आदेश दिएर तटबन्ध र पुल क्षेत्रबाट १ किलोमिटर टाढा सीमाङ्कन गर्न भनिएको छ।

४ करोड बढीमा ठेक्का पाएको काठमाडौँको कम्पनी सगरमाथा कन्स्ट्रक्सनले मोहना सहितका स्थानमा अन्धाधुन्ध धमाधम उत्खनन गरिरहेको छ।कन्स्ट्रक्सनले राजघाटस्थित कैलाली कन्चनपुर जोड्ने मोहना पुल नजिकैको जनताको तटबन्धलाई समेत क्षति पुगाएर उत्खनन तथा नदीजन्य पदार्थ सङ्कलन गर्दै आएको छ। 

पुल क्षेत्र र तटबन्धबाट कम्तीमा १ किलोमिटरसम्मको दुरीमा मात्र उत्खनन गर्न पाइने भएपनी सो कन्स्ट्रक्सनले पुल र तटबन्ध नजिकैबाट मापदण्ड विपरीत काम गरिरहेको छ।

clock शनिबार २७, माघ २०८० ११:१५

प्रतिक्रिया