भलिबल प्रतियोगिताको उपाधिका केएमसीलाइ

  शनिबार २७, माघ २०८० ०६:५५

धनगढी । धनगढीमा सम्पन्न खुल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधिका कैलाली बहुमुखी क्याम्पसले हात पारेको छ । आयोजक सुदूरपश्चिमाञ्चल क्याम्पसलाई सोझो सेटमा हराउँदै केएमसीले उपाधि हात परेको हो । 

उपाधिसँगै कैलाली बहुमुखी क्याम्पसले नगद ८८ हजार ८ सय ८८ ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ भने आयोजक एसपिएले नगद ५५ हजार ५ सय ५५ ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

खेलामा जय पृथ्वी बहुमुखी क्याम्पस र आदर्श विद्या निकेतन तृतीय भएका छन् । उनीहरूले नगद १२ हजार ५ सय ५५ ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन् । 

सुदूरपश्चिमाञ्चल क्याम्पसको विद्यार्थी परिषद्को आयोजनामा खुल्ला क्याम्पस स्तरीय भलिबल प्रतियोगितामा १८ टिमको सहभागिता रहेको थियो । 

 

clock शनिबार २७, माघ २०८० ०६:५५

प्रतिक्रिया