आज यी प्रदेशका पहाडी भू–भागमा हल्का हिमपातको सम्भावना

  शनिबार २७, माघ २०८० ०६:३८

धनगढी । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराईका धेरै स्थानहरूमा हुस्सु÷कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। यी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ। 

clock शनिबार २७, माघ २०८० ०६:३८

प्रतिक्रिया