नक्कली ठेली प्रकरण : अध्यक्ष बोहरा र निबर्तमान अध्यक्ष देबकोटाको नाममा पक्राउ पुर्जी जारी

  शुक्रबार २६, माघ २०८० २१:०१

धनगढी । अत्तरियामा सम्पन्न सुदूरपश्चिम प्रादेशिक महोत्सवको नक्कली ठेली प्रकरणमा थप दुई जनाको नाममा पक्राउ पुर्जी जारी भएको छ ।

संघका अध्यक्ष कल्याण सिँ बोहरा र  निबर्तमान अध्यक्ष असोकराज देबकोटाको नाममा पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार दुबै जनाका नाममा पक्राउ पुर्जी जारी भएको र उनिहरुको खोजी शुरु भएको छ ।  

संघका महासचिव शंकर खड्का, सचिब दिलिप कुमार साउँद, कार्य समिति सदस्य बम बहादुर बोगटी र महोत्सवमा टिकट काट्ने जिम्मा पाएको संस्था दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस अत्तरियाका स्वबियु सभापति भुबन महरा अहिले प्रहरी हिरासत मै छन् ।

उनिहरु माथी प्रहरीले अनुसन्धान गरिरहेको छ । केही समय अघि सम्पन्न प्रादेशिक महोत्सवमा नक्कली ठेली भेटिएपछि संघको उजुरीको आधारमा प्रहरीले अनुसन्धान गरिरहेको हो ।  

clock शुक्रबार २६, माघ २०८० २१:०१

प्रतिक्रिया