कैलालीमा दुई मोटरसाइकल ठोक्किए, चारजना घाइते

  बिहिबार २५, माघ २०८० १०:०५

कैलाली । कैलालीम दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएका छन्।

घोडाघोडी नगरपालिका-४ स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेकोे घोडाघोडी नगरपालिका–१ का २९ वर्षीय प्रकाश बिनाडीले चलाएको से७प ४२१९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको घोडाघोडी नगरपालिका–१० का ३१ वर्षीय दिपेन्द्र कठायतले चलाएको प्रदेश ०३०२०–१२ प ५६३६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा ४ जना घाइते भएका छन्।

ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुवै मोटरसाइकल चालक र प्रकाशको पछाडी सवार ४० वर्षीया राधिका पाण्डे तथा दिपेन्द्रको पछाडी सवार २८ वर्षीय अशोक सुनार घाइते भएका छन्।

घाइते चारै जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।    

clock बिहिबार २५, माघ २०८० १०:०५

प्रतिक्रिया