राजघाटको मोहना पुल नजिक भइरहेको अवैध नदीजन्य उत्खनन बन्द गर्न प्रशासनको निर्देशन

  बुधबार २४, माघ २०८० २०:५३

धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले लगाएको रोयल्टी ठेक्कामा ठेकेदार कम्पनीले अन्धाधुन्ध अवैध रूपमा गरिरहेको नदीजन्य उत्खनन तथा सङ्कलन रोकिएको छ।

आज (बुधवार) कञ्चनपुर र कैलालीका प्रमुख जिल्ला अधिकारी द्वय (सिडिओ) को टोलीले अवैध उत्खनन गरिरहेको स्थानमा अनुगमन गरी तत्काल काम रोक्न आदेश दिएका हुन्।

आज संयुक्त अनुगमन गरिएकोमा पुल नजिकैको क्षेत्रमा गरिरहेको उत्खनन रोक्न आदेश जारी गरिएको र काम रोकिएको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए। 

उनका अनुसार अहिले काम रोकिएको र मापदण्डअनुसार उत्खनन गर्न आदेश दिएर तटबन्ध र पुल क्षेत्रबाट १ किलोमिटर टाढा सीमाङ्कन गर्न भनिएको छ।

यसअघि कृष्णपुर नगरपालिकाको वडा नम्बर ९ र धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ को सिमाना क्षेत्र पर्ने राजघाटमा पुल र तटबन्धलाय असर पर्ने गरी अन्धाधुन्ध उत्खनन भइरहेको थियो। 

४ करोड बढीमा ठेक्का पाएको काठमाडौँको कम्पनी सगरमाथा कन्स्ट्रक्सनले मोहना सहितका स्थानमा अन्धाधुन्ध धमाधम उत्खनन गरिरहेको थियो।कन्स्ट्रक्सनले राजघाटस्थित कैलाली कन्चनपुर जोड्ने मोहना पुल नजिकैको जनताको तटबन्धलाई समेत क्षति पुगाएर उत्खनन तथा नदीजन्य पदार्थ सङ्कलन गर्दै आएको थियो। 

पुल क्षेत्र र तटबन्धबाट कम्तीमा १ किलोमिटरसम्मको दुरीमा मात्र उत्खनन गर्न पाइने भएपनी सो कन्स्ट्रक्सनले पुल र तटबन्ध नजिकैबाट मापदण्ड विपरीत काम गरिरहेको थियो।

clock बुधबार २४, माघ २०८० २०:५३

प्रतिक्रिया