धनगढीमा १२ औँ बृहत् रक्तदान महोत्सवको आयोजना गरिने

  बुधबार २४, माघ २०८० १६:४०

धनगढी । फागुन ४ गते कैलालीको धनगढीमा १२ औँ बृहत् रक्तदान महोत्सवको आयोजना गरिने भएको छ ।

बैतडी समाज कैलालीले आंउदो फागुन–४ गते धनगढीमा १२ औँ बृहत् रक्तदान महोत्सवको आयोजना गर्ने तयारी गरेको समाजका रक्तदान कार्यक्रम संयोजक राज बहादुर चन्दले बताए ।

स्थापना काल देखि बर्सेनि २ पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको समाजले यस अघि ११ पटक रक्तदान कार्यक्रम सम्पन्न गर्दा १०२३ जना स्वंयमसेवी रक्तदाताहरुले रक्तदान गरिसकेको संयोजक चन्दले जानकारी दिए ।

 उक्त रक्तदान कार्यक्रममा पनि धनगढीमा रहनु हुने सम्पुर्ण स्वयम् सेवि रक्तदाताहरुलाई रक्तदान कार्यक्रममा उपस्थित भई सदा झै रक्तदान गरि कार्यक्रम सफल तुल्याउन बैतडी समाज कैलालीका रक्तदान कार्यक्रम संयोजक राज बहादुर चन्दले अनुरोध गरेका छन् ।

बैतडी समाज कैलालीले “रक्तदान जिवनदान“ भन्ने मुल मर्मलाई लिएर रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त दिन बैतडी समाज कैलालीको ५औं सधारण शभा पनि आयोजना हुने जनाइएको छ । 

clock बुधबार २४, माघ २०८० १६:४०

प्रतिक्रिया