कैलालीबाट वन मुद्दाका फरार प्रतिबादी देउवा पक्राउ

  बुधबार २४, माघ २०८० १३:५६

धनगढी । कैलालीबाट वन मुद्दाका फरार प्रतिबादी पक्राउ परेका छन्।

फरार रहेका कैलालीको गौरीगंगा नगरपालिका-९ बस्ने ३८ वर्षीय महेन्द्र देउवालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ घरबाट पक्राउ गरेको हो। 

वन मुद्दामा जिल्ला अदालत कैलालीले १ महिना कैद सजाय र ९ लाख जरिवाना फैसला सुनाएपछि देउवा फरार रहेका थिए।

clock बुधबार २४, माघ २०८० १३:५६

प्रतिक्रिया