बहु विवाह मुद्दामा फरार रहेकी महिला महेन्द्रनगरबाट पक्राउ

  बुधबार २४, माघ २०८० १३:५३

कञ्चनपुर । बहु विवाह मुद्दामा फरार रहेकी एक महिला कञ्चनपुरको महेन्द्रनगर बजारबाट पक्राउ परेकी छिन्। 

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० की ३२ वर्षीया देवकी टमटालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार दिउँसो महेन्द्रनगर बजारबाट पक्राउ गरेको हो।

जिल्ला अदालत कञ्चनपुरले २०७९ भदौ २६ गते ११ महिना ११ दिन कैद सजाय र २० हजार जरिवाना तोकी फैसला सुनाएपछि उनी फरार रहेकी थिइन्। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले टमटालाई मंगलवार नै अदालतमा उपस्थित गराएको थियो।

clock बुधबार २४, माघ २०८० १३:५३

प्रतिक्रिया