लम्कीचुहाका शिक्षा अधिकृतलाई कालो मोसो दल्ने एक जना पक्राउ

  मङ्गलबार २३, माघ २०८० २१:३८

धनगढी । कैलालीको लम्कीचुहाका शिक्षा अधिकृतलाई कालो मोसो दल्ने एक जना पक्राउ परेका छन ।

लम्कीचुहा नगरपालिका – ४ बस्ने लम्कीचुहाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालोमोसो दलेको आरोपमा लम्कीचुहा नगरपालिका – ९ का ३१ वर्षीय नेकपा क्रान्तिकारी (वैद्य) सुदूरपश्चिम युवा संगठन ईन्चार्ज भुवन रम्तेल पक्राउ परेका हुन ।

उनलाई सुपप.०१–००९ प ७३२२ नम्बरको मोटरसाइकल सहित कैलारी गाउँपालिका – ७ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सोमबार कार्यालयबाट घर फर्कने क्रममा शिक्षा अधिकृत न्यौपानेलाई बलिया स्थित पुर्ब पश्चिम राजमार्गमा ४÷५ जनाले कालो मोसो दलेका थिए ।

clock मङ्गलबार २३, माघ २०८० २१:३८

प्रतिक्रिया