कैलालीकाे गोदावरी नगरपालिकाले बनायाे आफ्नै लोगो

  मङ्गलबार २३, माघ २०८० १७:५१

अत्तरिया । कैलालीको गोदावरी नगरपालिकाले प्रतिक चिन्ह (लोगो) निर्माण गरेको छ । नगरपालिकाले प्रतिस्पर्धा मार्फत लोगो निर्माण गरेको हो ।

जसका लागि नगरपालिकाले मंसिर ४ गते सूचना जारी गरेर लोगो पेश गर्न आवेदन माग गरेका थियो । जसमा १७ जनाले आवेदन दिएकोमा अत्तरिया प्रिन्टर्सले तयार पारेको लोगो छनोट भएको हो ।

छनोट भएको लोगोमा माथि ‘आत्मनिर्भर सुन्दर समृद्ध गोदावरी’ लेखिएको छ । लोगोको बीच भागमा नगरको नक्सा गोदावरी धाममा रहेको हनुमानको मुर्ति, कलस अत्तरिया चोक, लामितालको तस्बिर राखिएको छ ।

लोगोमा पहाड र तराईको फाट झल्किने तस्बिर समावेश छ भने आधुनीक सहरको परिकल्पना गरिएको तस्बिर पनि छ ।

उक्त लोगो नगरपालिकाको १०७ औं  कार्यपालिका बैठकबाट अनुमोदन गरिसकिएको छ । नगरपालिकाले उत्कृष्ट लोगो निर्माण गर्नेलाई ५१ हजार दिने जनाएको छ ।

clock मङ्गलबार २३, माघ २०८० १७:५१

प्रतिक्रिया