गोदावरी नगरपालिकाको पाँच सार्वजनिक स्थलमा सुद्ध खानेपानीको व्यवस्था

  मङ्गलबार २३, माघ २०८० १६:५२

अत्तरिया । कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया बजार सहितका पाँच स्थानमा शुद्ध खानेपानीको व्यवस्था गरेको छ ।

केदार ग्रुपसङको समन्वयमा नगरपालिकाले बजार सहितका पाँच स्थानमा तातो, सादा र चिसो शुद्ध खानेपानीको व्यवस्था गरेको हो ।

अत्तरिया बसपार्क, पूर्व रोडको मालाखेती ईप्रका अगाडी, गोदावरी नगरपालिकाको कार्यालयमा, वडा नम्बर १ को कार्यकक्षमा र मालाखेती अस्पतालमा शुद्ध खानेपानीको व्यवस्थापन भएको छ ।

तराईका जिल्लामा गर्मी मौसममा असाध्यै गर्मी तथा हिउँदको समयमा कठ्याङ्ग्रिने जाडोलाई मध्यनजर गर्दै स्थानीयको  लागि शुद्ध खानेपानीको व्यवस्थापन गरेको नगर प्रमुख वीरेन्द्र भट्टले बताए ।

स्वास्थ्य जीवनका लागि शुद्ध पानी भन्ने मूल नारालाई मध्यनजर गर्दै पानी व्यवस्थापन गर्ने ठेक्का पाएको केदार ग्रुपले ५ ओटै स्थानमा १५० लिटरको ट्याङ्की सहित व्यवस्थापन गरेको ग्रुपका संयोजक श्याम बमले बताए ।

clock मङ्गलबार २३, माघ २०८० १६:५२

प्रतिक्रिया