कञ्चनपुरको सीमावर्ती बजारमा एसएसबीद्धारा नेपाली महिलामाथि कुटपिट

  मङ्गलबार २३, माघ २०८० ०८:१३

कञ्चनपुर । कञ्चनपुरको बेलौरी स्थित सीमावर्ती बजारमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) द्धारा नेपाली क्यारिङकर्ता महिला कुटिएको घटना बाहिरिएको छ । भारतीय बजार खजुरियाबाट सामान ल्याउने क्रममा पिल्लर नम्बर ८ र ७ को बीचमा बेलौरी नगरपालिका – ६ की महिला कुटिएको घटना बाहिरिएको हो ।

माघ २० गते शनिबार बिहान खजुरियाबाट फर्किने क्रममा बेलौरी नगरपालिका –६ रिछाहाकी शान्ती राना ९जानु० माथी एसएसबीले कुटपिट गरेको स्थानीय व्यवसायीले बताएका छन । गालीगलौज गर्दै एसएसबीले उनीमाथि निलडाम बस्ने गरि निर्घात कुटपिट गरेका थिए । रानाको पिठ्यु, कम्मर र खुट्टामा निल डाम बसेको छ ।

उनीसंगै रहेका अन्य १४ जना महिला क्यारिङकर्ता माथि पनि एसएसबीले दुव्र्यवहार गर्दै समान जफत गरेको व्यवसायीको भनाइ छ । कुटपिट पछि घटना दुई देशका व्यापारी र सुरक्षा निकायका प्रतिनिधि बसेर थामथुम पारिएको छ । 

घटना पछि उद्योग बाणिज्य संघ बेलौरी, खजुरीया व्यापार मण्डली र दुई देशका सुरक्षा निकायका प्रतिनिधि बसेर कुटपिट गर्नेलाई विभागिय कारवाही गरेर उपचारका लागि क्षतिपुर्ती दिने गरी घटना मिलाइएको बेलौरी उद्योग बाणिज्य संघका अध्यक्ष हिरा सिंह विष्टले बताए ।

clock मङ्गलबार २३, माघ २०८० ०८:१३

प्रतिक्रिया