कैलालीको लम्कीचुहामा शिक्षा अधिकृतमाथि कालो मोसो

  सोमबार २२, माघ २०८० २०:००

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका शिक्षा शाखामा कार्यरत शिक्षा अधिकृत गौरिकान्त न्यौपानेलाई कालो मोसो छ्यापेको छ । 

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताहरुले शिक्षा अधिकृतलाई कालो मोसो छ्यापेका हुन् । उनिहरुले शिक्षा अधिकृत न्यौपानेलाई विभिन्न ६ ओटा आरोप लगाएका छन् ।

नगरपालिका भित्र रहेका विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरुसंग अभद्र व्यवहार गरेको, शिक्षकहरूबाट कमिसन लिएको, खेलकुद सामाग्री खरिदमा कमिशन लिएको, बिदाको दिनमा सार्वजनिक सवारी साधनको दुरुपयोग गरेको लगायतका आरोप लगाएका छन् ।

clock सोमबार २२, माघ २०८० २०:००

प्रतिक्रिया