बेहडाबाबा मन्दिरमा पुष्प वर्षा तथा सवा दुई करोड दिप प्रज्वलन गरिने

  सोमबार २२, माघ २०८० १४:३५

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको बेहडाबाबा मन्दिरमा पुष्प वर्षा तथा सवा दुई करोड दिप प्रज्वलन गरिने भएको छ । 

मन्दिर व्यवस्थापन समिति र पुष्प वर्षा कार्यशाला उपसमितिको आयोजनामा महाशिवरात्रीको अवसरमा पुष्प वर्षा र दिप प्रज्वलन पहिलो पटक गरिन लागेको हो ।

अध्यक्ष जोशीका अनुसार मन्दिरमा फागुन २५ गते तीन क्विन्टल पुष्प वर्षा गरिने जनाइएको छ । नरेन्द्र शाहले पुष्प वर्षा र दिप प्रज्वलनमा झण्डै १३ लाख लागत हुने भएकाले सहयोग रकम संकलन शुरू गरिएको बताए ।

उनका अनुसार हेलिकोप्टरमा मात्र नौ लाख खर्च हुने छ । उनले ईच्छुक धनगढीबासी तथा हिन्दु धर्मावलम्बीले चाहे अनुसार रकम सहयोग गर्न अनुरोध गरे ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बुद्धि खडकाले संस्कृति संरक्षणमा नगरको सहयोग रहने बताए । उनले पुष्प वर्षा र दिप प्रज्वलनका लागि उपमहानगरले सक्दो रकम सहयोग गर्ने बताए ।

clock सोमबार २२, माघ २०८० १४:३५

प्रतिक्रिया