धनगढीमा एक किलो चरेशसहित बझाङका धनबहादुर पक्राउ

  आइतबार २१, माघ २०८० १५:२९

धनगढी । धनगढीमा लागुऔषध चरेशसहित एक जनालाई पक्राउ गरिएको छ ।

धनगढीको ट्राफिक चौराहबाट सुदूरपश्चिम प्रदेश अनुुसन्धान समूह (आरआइटी) को टोलीले लागुऔषध चरेशसहित बझाङको बित्थडचिर गाउँपालिका–२ का ४० वर्षीय धनबहादुर बोहरालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार बोहराको साथबाट एक किलो ४२ ग्राम चरेश बरामद गरिएको छ ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बोहराले सुपप्र ०४००१ प १४६७ नम्बरको मोटरसाइकलमा काटुनमा लुकाएर लगिरहेको अवस्थामा चरेशसहित पक्राउ परेका हुन् ।

बोहरालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

clock आइतबार २१, माघ २०८० १५:२९

प्रतिक्रिया