विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले दिए राजीनामा

  आइतबार २१, माघ २०८० ०६:३७

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् ।

उनले  व्यक्तिगत कारणले राजीनामा दिएको  बताए । प्रहरी प्रधान कार्यालयले भने औपचारिक रुपमा राजीनामाको जानकारी आइनसकेको बताएको छ ।

चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए । चन्द हालका प्रहरी महानिरीक्षक वसन्त कुँवरकै ब्याचका अधिकृत हुन् ।

राजीनामा नदिएको भए उनी ३० वर्षे सेवा अवधि कायम रहँदा २०८१ चैतसम्म प्रहरी सेवामा रहने थिए ।

clock आइतबार २१, माघ २०८० ०६:३७

प्रतिक्रिया